ताजा समाचार

बेपत्ता पारिएका बिपिन लगायत हजाराैं नागरिकलाई राज्यले सार्वजनिक गर्दैन किन ?

असार ४, काठमाडाैं । राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज, नेपालले ‘बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रम आइतबार काठमाडाैमा सम्पन्न गरेको छ ।

दश वर्षे जनयुद्धको क्रममा २०५९ साल असार ३ गते विपिन भण्डारीलाई,  दिलबहादुर राई र कवि गाैतमलाई बिहानको पाँच बजे सुतिरहेको अवस्थामा कोठाबाटै सुरक्षाकर्मीद्वारा पक्राउ गरि बेपत्ता बनाइएको थियो ।

बेपत्ता पारिएका तीन जना मध्ये कवि गाैतमलाई भने सरकारले छोडेको थियो ।

बेपत्ता बिपिन भण्डारी (किशोर) तत्कालिन नेकपा (माआेवादी)का काठमाडाै पार्टी जिल्ला सचिवालय सदस्य थिए भने २०५५ सालमै काठमाडाैं जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा एक महिना प्रहरी हिरासतमा बसिसकेका थिए ।

कार्यक्रममा बोल्दै नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले बेपत्ता नागरिकका परिवारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु पर्ने भन्दै सरकारलाई अल्जाइमर रोग लागेको बताएका छन् । जनयुद्वमा भएका अमानविय कार्यलाई अन्तराष्ट्रीयकरण गर्नुको विकल्प नभएको भन्दै उनले अबको १ वर्ष लागेर विभिन्न कानुनका ठेली पल्टाएर वकिलहरुले उचित कदम चालिएन भने कहिल्यै बेपत्ताको अवस्था सार्वजनिक नहुने ठोकुवा गरे । उनले अदालतद्वारा रिहाई गर्न आदेश दिँदा समेत सत्तासिनहरुलाई पक्राउ गरेको भन्दै मानवअधिकार हनन् भएको बताए ।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ने क पाका नेता लेखनाथ न्याैपानेले कसैले जनयुद्वलाई एक अपराधको रुपमा व्याख्या गर्न खोजे आफूले त्यसको कडा प्रतिवाद गर्ने भन्दै हान्दिने जनाएका छन् । यस्तै राष्ट्रिय जनअधिकार सरोकार अभियान, नेपा्लने जनाएका छन्का ।  अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ‘बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न’ प्रस्तुत गर्दै यतिबेला राजनीतिक अवस्थाले पनि बेपत्ता नागरिकको सार्वजनिक हुनेतर्फ संकेत गरेको बताएका छन् ।

कार्यक्रममा विभिन्न बेपत्ता योद्धा परिवार, वरिष्ठ पत्रकारलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्ष एकराज भण्डारीले गरेका थिए भने सञ्चालन सोनु पोखरेले गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org