कोरिया वर्ल्ड ट्राभल फेयरमा ‘वेष्ट बोथ अप्रेसनल’ अवार्ड नेपाललाई
काठमाडौँ, ४ असार । तेत्तीसाैँ कोरिया वर्ल्ड ट्राभल फेयरमा नेपाललले वेष्ट बोथ अप्रेसनल अवार्ड जितेको छ ।
दक्षिण कोरियाको राजधानी सिओलस्थित कोइक्स सम्मेलन तथा प्रदर्शनी केन्द्रमा यही जेठ ३१ गतेदेखि असार ३ गतेसम्म आयोजना भएको मेलामा उत्कृष्ट पेभिलेन्स प्रदर्शनीबापत उक्त अवार्ड पाएको नेपाल पर्यटन बोर्डले आज एक विज्ञप्ति मार्फत जनाएको छ ।
मेलामा पर्यटन बोर्डको नेतृत्वमा निजी क्षेत्रका विभिन्न पाँच कम्पनीले सहभागिता जनाएका थिए । पर्यटनको क्षेत्रमा नेपाल उपयुक्त गन्तब्य हो भन्ने कोरियन बजारमा स्पष्ट देखिने गरी प्रवद्र्धन गर्न मेला उपयोगी भएको बोर्डले जनाएको छ ।
अन्तर्राष्ट्रियस्तरको ठूलो मेला मानिने कोरिया वल्र्ड फेयरमा ५० भन्दा बढी देश र ५० आन्तरिक कम्पनीले सहभागिता जनाई आ–आफ्ना पर्यटकीय उत्पादन र गन्तब्यबारे प्रदर्शन तथा प्रवद्र्धनको अवसर मिलेको थियो । मेलाले एक–अर्का देशको व्यापार प्रवद्र्धन र सम्बन्ध विस्तारमा सहयोग पुगेको बताइएको छ ।
दक्षिण कोरियाको ५० प्रतिशत नागरिकले बुद्ध धर्म मान्छन् । उनीहरु नेपाललाई भगवान गौतमबुद्धको जन्मस्थल तथा महत्वपूर्ण धार्मिक गन्तव्य मान्छन् । कोरियाली नागरिक प्रायः लुम्बिनी, पोखरा, अन्नपूर्ण पद्यात्रा र सगरमाथा क्षेत्रमा घुम्न आउने गरेका छन् ।
नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ देखि कूटनीतिक तथा मैत्रीपूर्ण सम्बन्ध रहदै आएको छ । उनीहरु वार्षिक ठूलो संख्यामा नेपाल भ्रमणमा आउने गरेका छन्, भने कोरियामा रोजगारीमा जाने नेपालीको संख्या पनि बढ्दै गएको छ । यसले दुई देशबाीचको सांस्कृतिक निकटता बढाएको छ । सन् २०१७ मा १० लाखको हाराहारिमा विदेशी पर्यटक नेपाल आए । यि मध्ये ३४ हजार ३०१ कोरियन पर्यटक थिए ।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...