गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकियो किन ?
लुम्बिनी, ४ असार । अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासी आन्दोलनमा उत्रिएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ ।
विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरेको भन्दै स्थानीय जग्गाधनीले विमानस्थलको निर्माण कार्य रोकेका हुन् । स्थानीयवासी ‘रन वे’मा जम्मा भएर आन्दोलन गरेका कारण विमानस्थल निर्माणको काम रोकिएको हो ।
नदीजन्य पदार्थ डम्पिङ गरिएको ठाउँ धावन मार्गमा स्थानीयवासीले अवरोध गर्दै आन्दोलन गरेका छन् । नदीजन्य पदार्थबाट विमानस्थलको सम्पूर्ण काम हुने भएकाले नदीजन्य पदार्थ जम्मा भएको ठाउँमा गएर स्थानीयवासीले टेन्ट टाँगेर बसेपछि विमानस्थलको काम अहिले ठप्प रहेको छ ।
प्रदेश नं ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डेयको नेतृत्वमा विमानस्थलको निर्माण कार्य रोकिएको छ ।
विमानस्थललाई आवश्यक रहेको भन्दा बढी जग्गा अधिग्रहण गर्न खोज्दा स्थानीयवासीले विरोध गरेपछि आयोजनाले जग्गाको मूल्याङ्कन भएको दुई महिनाभित्र नै मुआब्जा वितरण गर्ने सहमति भए पनि हालसम्म मुआब्जा वितरण नहुँदा बाध्य भएर निर्माण कार्य रोक्नु परेको प्रदेशसभा सदस्य पाण्डेले बताए ।
उनले दुई महिनामा मुआब्जा वितरण गर्ने भएको सहमति एक वर्ष भइसक्दासमेत करीब १२ प्रतिशतले मात्र मुआब्जा पाएको बताए ।
प्रदेशसभा सदस्य पाण्डेले निर्माण कार्य रोक्दा आफूहरुलाई समेत दुःख लागेको बताउँदै आवश्यक परेको खण्डमा यस क्षेत्रका सम्पूर्ण जनताले विमानस्थलको निर्माण कार्यमा सहयोग गर्न अग्रसरसमेत रहेको बताए । साथै उनले आयोजनाले अधिग्रहण नगरेको करीब ५०० बिघा जग्गासमेत रोक्का गरेका कारण जग्गाधनीको आफ्नो सम्पत्तिको अधिकारसमेत खोसेको दाबी गरे ।
उनले विगतमा रु ३० लाखबाट लाभकर दिनुपर्ने व्यवस्था रहे पनि आगामी साउनदेखि रु १० लाखबाट नै लाभकर दिनुपर्ने हुन लागेको व्यवस्थाको विरोध गरे । स्थानीयवासीले मुआब्जा नपाएसम्म निर्माण कार्य सञ्चालन हुन नदिने अडान लिएका छन् ।
यता निर्माणाधीन विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले यस विषयमा माथिल्लो निकायमा जानकारी भइसकेको बताउँदै अर्थमन्त्रालयबाट रकम निकासा भइसकेका कारण अब मुआब्जा वितरणमा ढिलाइ नहुने बताए ।
प्रदेशसभा सदस्य पाण्डेले भने, “मुआब्जा नपाएका कारण स्थानीयवासी आक्रोशित भएका छन् तर अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेका कारण अब एक दुई दिनमै मुआब्जा वितरण हुने हुँदा समस्या समाधान हुन्छ ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...