ताजा समाचार

प्रधानमन्त्री ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान

काठमाडौँ, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

चीन भ्रमणमा प्रधानमन्त्री अाेलीसँग धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली , प्रतिनिधिमण्डलमा ४२ जना, सञ्चारकर्मी छ जना ,वरिष्ठ पत्रकार ११ र उद्योगी व्यापारीको टोलीमा ५२ जना  लगायत नेपाल सरकारका उच्च अधिकारी सहभागी छन् ।

प्रधानमन्त्री ओलीले चीन  भ्रमणका क्रममा  नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् ।साथै  पूर्वाधार निर्माण, लगानी, ऊर्जा, पर्यटन, नेपालको आर्थिक, सामाजिक विकास लगायत विषयमा द्विपक्षीय छलफल र समझदारीपत्रमा  हस्ताक्षर हुने छ ।

६ दिने अाैपचारिक चीन  भ्रमण सकेर प्रधानमन्त्री ओली असार १० गते स्वदेश फर्किनेछन् ।

सम्बन्धित समाचारः

राष्ट्रिय ध्वजावाहक छोडेर निजि विमानमा चीन जान लागेका प्रम आेलीले भने, राष्ट्रपतिसंग नेपालको दृष्टिकोण राख्छु

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org