बूढीगंगालाई मेयर कपको उपाधि
बाजुरा, ५ असार । बाजुराको बूढीगंगा नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि बूढीगंगाले हात पारेको छ । आयोजक बूढीगंगाले त्रिवेणी नगरपालिकालाई पराजित गर्दै सो उपाधि जितेको हो ।
घरेलु मैदानमा बूढीगंगाले अन्तिमचरणको खेलमा सोझो सेटमा पराजित गरेकाले उपाधिको प्रमुख दाबेदार मानिएको पाहुना टोली त्रिवेणी नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ ।
बूढीगंगाले जितसँगै रु ५५ हजार, ५५५ नगद पुरस्कारसहित प्रमाणपत्र र पदक प्राप्त गरेको छ भने उपविजेता त्रिवेणीले रु ३३ हजार ३३३ नगद, प्रमाणपत्र तथा पदक प्राप्त गरेको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मी बडुवालले जानकारी दिए ।
छेडेदह गाउँपालिकालाई पराजित गर्दै तृतीय स्थान प्राप्त गरेको त्रिभुवनेश्वरी मावि त्रिवेणीले रु २२ हजार २२२ नगदसहित प्रमाणपत्र र प्राप्त गरेको छ । विजेता टोलीलाई नगर प्रमुख दीपकविक्रम शाह, उपप्रमुख तारा खाती, जिल्ला खेलकूद विकास समिति अध्यक्ष हिक्मत थापाले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
खेल भानोदय माविको मैदानमा आयोजना गरिएको हो । नगरपालिकाको सहयोग र जिल्ला खेलकूद विकास समितिको आयोजनामा गरिएको खेलमा १० टोलीले भाग लिएका थिए । तीमध्ये गौमुल, खप्तड छेडेदह गाउँपालिका, त्रिवेणी र बडिमालिका नगरपालिकासहित आयोजक बूढीगंगा नगरपालिकाका खेलाडीको सहभागिता थियो ।
गाउँ तथा नगरपालिकास्तरमा खेलकूदका गतिविधि बढाउन मेयर कपले सहयोग पुगेको आयोजक बूढीगंगा नगरपालिकाले बताएको छ । युवालाई खेल क्षेत्रमा आकर्षण बढाउन र स्थानीय तहबीचको आपसी सम्बन्ध स्थापित गर्न प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको नगर प्रमुख दीपकविक्रम शाहले बताए ।
Comments
अरु समाचार
-
म्यानचेष्टर सिटीले लगातार चार पटक प्रिमियर लिग उपाधि जित्दै बनायो कीर्तिमान
काठमाडौं । म्यानचेष्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार राति घरेलु मैदानमा भएको लिगको अन्तिम...
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सुदूरपश्चिम प्रदेश महिला क्रिकेटको फाइनलमा
काठमाडौं । सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले बागमती...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...