ताजा समाचार

काठमाडाैं महानगरपालिकालाई ‘घाँस’ उपहार, किन दिइयो त घास ?

काठमाडौं ५, असार । काठमाडौंका स्थानीय सम्पदाप्रेमीहरुले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई ज्ञापनपत्रसहित ‘घाँस’ बुझाउँदै सम्पदाविद्, स्थानीय र सम्पदाप्रेमीको टोलीले रानीपोखरीलाई विज्ञ समूहको सिफरिस अनुरुप मल्लकालीन शैलीमा नै निर्माण गर्न माग गरेका छन् । मेयर विद्यासुन्दर शाक्य हाल प्रधानमन्त्रीसँगै चीन भ्रमणमा छन् ।

काठमाडौं उपत्यकाका नेवार समुदायको चाड सिठी नखः को अवसर पारेर मंगलबार विहान रानी पोखरीको सफाई गरेका थिए ।

सोही क्रममा रानी पोखरीको पुनर्निर्माणमा गति दिन दवाव स्वरुप महानगरपालिकालाई घाँस उपहार पनि दिइएको स्थानीय सम्पदाप्रेमी आलोकसिद्धी तुलाधरले जानकारी दिए ।

रानीपोखरीको सफाई सकिएलगत्तै उनीहरुले काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई घाँस उपहार दिएका थिए ।

रानीपोखरी पुनर्निर्माणका लागि पनी सुकाइएपछि काठमाडौं महानगरपालिकाले पुनर्निर्माणमा चरम लापरवाही र ढिलासुस्ती गर्दै आएको छ । पुनर्निर्माणका क्रममा पुरतात्विक रानीपोखरीमा पानी अडाउनुपर्ने भन्दै कंक्रिटको वाल हालिएको छ ।

ब्यापक विरोध भएपछि त्यसलाई हटाउने निर्णय भएको छ । तर, कंक्रिट वाल हाल्ने र हटाउने गर्दा आफूलाई आर्थिक हानी भएको भन्दै ठेकेदार कम्पनी अदालतमा पुगेको छ ।

त्यसै अवसरमा बोल्दै उपमेयर खड्गीले रानी पोखरी पुनर्निर्माणमा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले रानी पोखरी पुरानै शैलीमा बन्ने आश्वासन पनि दिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org