ताजा समाचार

कांग्रेसका सभापतिहरुलाई किन केन्द्रीय सदस्यहरुले महाधिवेशन अघि बढाउन दबाव दिए ? हेर्नुस यस्ता छन् कारण

काठमाडौं,६ असार । नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई महाधिवेशन अघि बढाउन दबाव दिएका छन् ।

अहिलेको कांग्रेस नेतृत्वले शसक्त रुपमा पार्टीले खेल्नु पर्ने भुमिका निर्वाह गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरुले महाधिवेशन अगाडि बढाउन दबाब दिएका हुन् ।

केन्दिय सदस्यहरु गगन थापा, चन्द्र भण्डारी ,धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवहरुले अहिले हेटौँडामा भइरहेको कांग्रेस सभापतिको भेलामा पत्रमा वितरण गरेका छन् । उक्त वितरण पत्रमा प्रदेश र स्थानीय तहका अधिवेशन गर्न केन्द्रीय महाधिवेशन ढीला गर्न नहुने सुझाब दिएका छन् ।

पत्रमा सदस्यहरुले महासमितिबाट संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रक्रिया सुरु गर्नुपर्न‍े सुझाब दिएका छन् । अहिलेको नेतृत्वले पार्टी खस्किएको भन्दै सदस्यहरुले नयाँ नेतृत्वको चयन गरे मात्र पार्टीलाई अघाडी बढाउन सकिने पत्रमा लेखेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org