ताजा समाचार

एसईई नतिजा सुक्रबार सार्वजनिक हुने

काठमाडाैं ६, असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा आउदो सुक्रबार सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिकका लागि उत्तरपुस्तिका ‘इन्ट्री र रुजु’ गर्ने काम भइरहेकाले त्यो काम सकेपछि मात्रै नतिजा सार्वनिक हुने बताए ।

‘सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको छ । यो सकेपछि बोर्ड बैठक बसेर नतिाजा सार्वजनिक गरिन्छ’ नियन्त्रक रेग्मीले न्यज-नेपाललाई बताए ।

परीक्षा नियन्त्रक रेग्मीले आज नतिजा सार्वजनिक गर्न बोर्डले काम गरिरहेपनि केही प्राविधिक समस्याका कारण केहीदिन ढिला हुन गएको बताए ।

यसवर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागि थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org