ताजा समाचार

रोनाल्डोको गोलसंगै मोरक्कोको विश्वकप यात्रा सकियो

काठमाडौं ६, असार । रसियामा जारी विश्वकपमा पोर्चुगलसंह हारेसंगै मोरक्को समूह चरणबाटै बाहिरिएको छ ।

स्पेनविरुद्व ह्याट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डोले मोरक्को विरुद्व गोल गरे पश्चात पोर्चुगलले मोरक्कोलाई १-० मा हराएको हो ।

उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् । अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगे । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन् । उनीभन्दा अघि इरानका अलि डाईले १ सय ९ गोल गरेका छन् ।

खेलमा धेरै समय नियन्त्रण राखेर पनि मोरक्कोले गोल भने गर्न सकेन । खेलमा ५५ प्रतिशत समय मोरक्कोले बलमा नियन्त्रण बनाएको थियो । मोरक्कोले प्रहार गरेका १३ सटमा ४ सट पोस्टको दिशामा थिए । पोर्चुगलले प्रहार गरेका आठ सटमा तीन सट पोस्टको दिशामा थिए ।

पोर्चुगलसँगको हारसँगै समूह ‘बी’ रहेको मोरक्को बाहिरिएको छ । उसले अब अन्तिम खेलमा स्पेनसँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org