ताजा समाचार

ब्राजिलियन स्टार खेलाडी नेयमार अभ्यास खेलमा फर्किए (भिडियोसहित)

काठमाडाै ७, असार । खुट्टाको चोट बल्जिएपछि बिचै प्रशिक्षण छोडेर हिँडेका ब्राजिलियन स्टार नेयमार अभ्यासमा फर्किएका छन् । यसअघि मंगलबारको अभ्यास खेलमा उनको गोलीगाठामा चोट लागेपछि अभ्यास छोडेका थिए ।

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकपमा समूह ‘ई अन्तरगतको स्वीटजरल्याण्डविरुद्धको खेलमा १० पटक फलको शिकार बनेका उनी घाइते भएका थिए ।

पहिलो खेलमा ब्राजिलका लागि गोल गरेका फिलिप कौउन्टिन्होले नेयमारले खुट्टामा पीडा महसुस गरेको स्वीकार गरे पनि मामिला गम्भीर नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रबार कोस्टारिकाविरुद्धको खेलका लागि तयारी गरिहेको ब्राजिलको बुधबारको प्रशिक्षणमा नेयमार पुनः फर्किएका हुन् ।

ब्राजिल फुटबल कन्फेडरेसनले ट्वीटरमा एक भिडियो पोष्ट गर्दै नेयमार बुधबार सोचीको प्रशिक्षणमा सहभागी बनेको जानकारीसमेत दिएको छ ।


उक्त ट्विटमा विश्वकपको दोस्रो खेलका लागि ब्राजिलको तयारी जारी रहेको बताएको छ। पहिलो खेलमा ब्राजिलले स्विटजरल्याण्डसँग बराबरी खेलेको थियो ।

स्विट्जरल्याण्डसँगको खेलमा नेयमारमाथि भएको फाउल सन् १९९८ पछि अहिलेसम्म कुनै पनि खेलाडीमाथि सबैभन्दा धेरै पटक गरिएको फाउल हो । सन् १९९८ मा एलन सियर माथि ११ पटक फल भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org