ताजा समाचार

नेपाल-चीनबीच १० बुँदे सहमति, विद्युतीय कार्गो रेल नेपाल ल्याउने विषयमा हस्ताक्षर

काठमाडाैं ७, असार । केरूङहुँदै काठमाडौं आउने विद्युतीय कार्गो रेलका विषयमा नेपाल र चीनबीच सहमति भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली खछ्याङबीच बिहीबार अपरान्ह भएको भेटवार्तापछि भएको १० बुँदे सहमति र ४ बुँदे समझदारीमा इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याउने उल्लेख छ।

यसअघि दुई देशबीच रेलका विषयमा चर्चा भए पनि कुन रेल काठमाडौं ल्याउने टुंगो भएको थिए।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माण लगायतका सम्झौता भएको हो ।

रेलसम्वन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान यूले हस्ताक्षर गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org