एनजिओकाे चाैतर्फि दबाब : गृह मन्त्रालयकाे नयाँ नीति बाेरामै थन्कियाे
काठमाडौं,९ असार । सरकारले संस्थाका नाममा विकृति बढेको भन्दै गैरसरकारी संस्थालाई कडाइ गर्न ल्याएको नयाँ नितिले भने अहिले आएर फेल खाएको छ ।
स्थानीय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको चर्को दबाबपछि गृह मन्त्रालयले अाफ्नाे नयाँ निति बोरामा बाधेर फालेको छ।
गृह मन्त्रालयले जेठ २४ मा गैरसरकारी संस्थाले एउटा क्षेत्रमा मात्रै काम गर्न पाउने, संस्थाका पदाधिकारी एवं कर्मचारीले दर्ता र नवीकरण गर्नका लागि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने जस्ता नयाँ व्यवस्था ल्याएको थियो । तर संस्थाहरुको चौतर्फि दबाब पछि अहिले मन्त्रालयले घुँडा टेकेकाे हाे ।
सरकारले गैरसरकारी संस्था र यसका पदाधिकारीमाथि ल्याएको कडा व्यवस्थासँगै देशभरका गैरसरकारी संस्थाले सरकारको चर्को विरोध गर्दै आएका थिए । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा आइतबार बसेको बैठकले यसअघि गरिएको निर्णय कार्यान्वयन नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्णय गरेको थियो।
मन्त्रालयले पछिल्लाे समय जिल्ला प्रशासन कार्यालयहरूलाई स्वदेशी तथा विदेशी सामाजिक संघसंस्थाको विश्लेषण तथा वर्गीकरण, निर्णय कार्यान्वयन गर्ने विधि र प्रक्रियाका बारेमा अध्ययन गर्न तथा रायसुझावसहितको प्रतिवेदन पेस गर्न गृहका सहसचिवको संयोजकत्वमा समिति गठन भएकाले सो समितिले दिएको प्रतिवेदन छलफल भई कार्यान्वयनमा नआएसम्म यसअघिका उक्त निर्णयहरू कार्यान्वयन नगर्न भनि निर्देशन दिएकाे थियाे ।
Comments
अरु समाचार
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...
-
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीले अन्य कमिटीलाई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...