ताजा समाचार

इङ्गल्यान्डको पानामामाथि ६–१ गोलको फराकिलो जीत

 

निझनिय नोभगोरोड, रूस, १० असार । आइतबार भएको समूह जी अन्तर्गत विश्वकप खेलमा इङ्गल्यान्डले पानामामाथि ६–१ गोलको फराकिलो जीत निकाल्न सफल भएको छ ।

इङ्गल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामा विरुद्धको आजको खेलमा ह्याट्रिक (तीन गोल)को योगदान गर्नुभयो भने दुई गोल जोन स्टोनले गरेका छन् भने एक गोल जेसी लिङगार्डले गरे

इङ्गल्यान्डका लागि स्टोनले आठौँ मिनेट र ४० औँ मिनेटमा गरी दुई गोल तथा क्याप्टेन केनले खेलको २२ औँ र ४६ औँ र ६२ औँ मिनेटमा गरी तीन गोल गरेका थिए भने लिङगार्डले ३६ औँ मिनेटमा गोल गरेका थिए।

पानामाका लागि शान्त्वना गोल खेलको ७८ औँ मिनेटमा फिलिप बलोयले गरेका थिए। ।यससँगै दक्षिण अमेरिकी देश पानामा र अफ्रिकी मुलुक ट्यूनिसियाको यस पटकको विश्वकपमा अघि बढ्ने बाटो रोकिएको छ । तर इङ्ग्ल्याण्ड र बेल्जियमले भने अन्तिम १६ समूहमा खेल्न पाउने पक्का भएको छ ।

आइतबारको दोस्रो खेल एशियाली मुलुक जापान र अफ्रिकी मुलुक सेनेगलबीच साँझ ८ः४५ मा हुनेछ । यस्तै तेस्रो खेल पोल्याण्ड र कोलम्बियाबीच राति ११ः४५ मा हुनेछ ।रासस÷एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org