वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ : नेता नेपाल
चितवन, ११ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकको आज यहाँ अनावरण गर्नुहुँदै उहाँले निरंकुशतावादी शक्तिको पराजयका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति एकजुट भएर लडेको स्मरण गरे । पुष्पलालले देखाएको बाटोमा अहिले नेपाल कम्युनिष्ट पार्टी अगाडि बढिरहेको भन्दै यसबाट नेपाललाई समाजवादसम्म सहजै पु¥याउन सकिने बताए ।
नेपाल अब समृद्धितर्फ लाग्ने भन्दै उनले गतिशील भएर अगाडि बढ्नुपर्ने बताए । नेता नेपालले भने, “नदी गतिशील हुन्छ, अनि विद्युत् निस्किन्छ । तर पोखरीको पानी स्थिर हुन्छ, यसबाट कुनै शक्ति निस्किँदैन ।” उनले थपे “हामी गतिशील हुनुपर्छ, जहाँ शक्ति प्राप्त हुन्छ ।”
कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले देशमा उत्पादन बढाएर समाजवादतर्फ जानुपर्ने भन्दै हिजोका कतिपय मान्यता अहिले बाधक बनेको बताए । सो अवसरमा सांसद कृष्णभक्त पोखरेल र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पुष्पलालले देखाएकै बाटोका कारण आज देशमा यो उपलब्धि हासिल भएको भन्दै यसलाई संस्थागत गरी समृद्धितर्फ अगाडि बढ्नुपर्ने बताए ।
उक्त शालिक नारायणगढस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको भवन अगाडि स्थापना गरिएको छ ।
Comments
अरु समाचार
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे...
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...