स्थानीय तहद्वारा बजेट विनियोजन
नवलपरासी, १२ असार । पश्चिम नवलपरासीको स्थानीय तहमा आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट विनियोजन गरेका छन् ।
सातवटा स्थानीय तह रहेको पश्चिम नवलपरासीमा केही स्थानीय तहले नगरसभामार्फत बजेट सार्वजनिक गरेका छन् भने केही बजेट तर्जुमा गर्ने तयारीमा छन् ।
स्थानीय तहले भौतिक पूर्वाधार, सडक निर्माण, खानेपानी, बाटो, पुल पुलेसालगायतका विकास निर्माणका कामलाई प्राथमिकता दिएका छन् ।
सुनवल नगरपालिकाले कूल रु ७८ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । आन्तरिक आयतर्फ रु आठ करोड ६७ लाख तथा बाह्य आयतर्फ रु ७० करोड आठ लाख ४७ हजार बजेट विनियोजन गरेको नगरप्रमुख भीमबहादुर थापाले जानकारी दिए ।
यस्तै, सुस्ता गाउँपालिका रु ३९ करोड विनियोजनको तयारीमा छ भने रामग्राम नगरपालिकाले रु ६० करोडको १६ लाख ७१ हजारको बजेट तर्जुमा गरेको छ । बर्दघाट नगरपालिका करीब रु ६० करोड बराबरको बजेट तर्जुमा गर्ने तयारीमा छ । चालुतर्फ रु २१ करोड र अरु पूँजीगत खर्चतर्फ खर्च गरी बजेट तर्जुमा गर्ने योजना रहेको नगरप्रमुख धीरज शर्मा बस्यालले बताए ।
सरावल गाउँपालिकाले रु ४६ करोड ४५ लाख बराबरको बजेट तर्जुमा गर्ने योजना बनाएको छ । चालुतर्फ ६० प्रतिशत र पूँजीगततर्फ करीब ४० प्रतिशत बजेट विनियोजन सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए ।
पाल्हिनन्दन गाउँपालिकाले करीब रु ४४ करोड ४० लाखको बजेट तर्जुमा गर्दैछ भने प्रतापपुर गाउँपालिकाले रु ४८ करोड बराबरको बजेट तयार पारेको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले बताए ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...