ताजा समाचार

मुम्बईमा चार्टर्ड प्लेन दुर्घटना, ५ जनाको मृत्यु

मुम्बई एजेन्सी  ।  भारतको मुम्बईस्थित घाटकोपरमा एक ‘चार्टड’ विमान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको खवर टाइम्सनाव न्युज डटकमले जनाएको छ ।

विमानमा सवार सबै ४ जनाको मृत्यु भएको र विमान खसेको घाटकोपरस्थित रिहायसीमा थप एक स्थानीयको समेत मृत्यु भएको मुम्बई प्रहरीले पुष्टि गरेको समाचार संस्था एनडिटिभीले जनाएको छ। मृत्यु हुनेमा दुई जना चालक दलका सदस्य र दुई जना हवाई इन्जिनियर रहेको त्यहाँको नागरिक उड्डयन कार्यालयले जनाएको छ।

विमान रिहायसीको बसोबास क्षेत्रमा निर्माणाधिन भवनमा खसेको थियो। दुर्घटनापश्चात् विमानमा आगो लागेको थियो। आगो नियान्त्रणमा लिन अहिले दुर्घटनास्थलमा विपद् व्यवस्थापनका कर्मचारी, प्रहरी तथा दमकल पुगिसकेको बताइएको छ।

घाटकोपरमा अवतरण गर्नु पहिले नै दुर्घटनामा परेको विमान विचक्राफ्ट किंग एयरको सि ९० टर्बोप्राप रहेको बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org