ताजा समाचार

विश्वकपमा बाजी लगाउने टोलेगुन्डा पक्राउ

काठमाडौं १६, असार ।  विश्वकप फुटबलका खेलमा बाजी खेलाएकै अभियोगमा प्रहरीले टोलेगुन्डा राजनकुमार भुजेललाई पक्राउ गरेको छ ।

शुक्रबार कालीमाटीबाट पक्राउ परेका उनी ज्यान मार्ने उद्योगका फरार प्रतिवादी हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

क्यासिनो खेलाडी सट्टेबाजीमा

राजधानीका क्यासिनोमा जुवा खेल्न जाने र उनीहरूलाई मिटरमा ब्याज लगाउनेहरू अहिले सट्टेबाजीमा संलग्न हुने गरेको खुलेको छ । क्यासिनोमा जुनसुकै वेला समातिने डरले उनीहरू फुटबल म्याचको सट्टेबाजीमा संलग्न भएको प्रहरी बताउँछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org