ताजा समाचार

रेल चढ्न सांसदलाई प्रधानमन्त्रीको निम्तो

काठमाडाैं १६, असार । प्रधानमन्त्री केपी ओलीले नेपालको आफ्नै रेल आउने कुरामा शंका नगर्न आग्रह गर्दै सांसदलाई रेल चढ्न निम्ता दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले रेल चढ्न निम्ता दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले आफ्नै रेल हुने कुरामा शंका रहेको भन्दै अरुको रेललाई आफ्नो भन्ने कि भन्दै प्रधानमन्त्रीलाई प्रश्न उठाएका थिए । रिजालको प्रश्नको जवाफमा ओलीले आफ्नै रेल हुने कुरामा शंका नगर्न आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org