ताजा समाचार

मेक्सिकोले नेयमारलाई रोकेर जादु देखाउन सक्ला ?

एजेन्सी । रसियामा चलिरहेको फुटबलमा एकपछि अर्को झड्का दिने खालका खेलहरुले यो सावित गरिदिएका छन् की खेल अवधिभर कसले कस्तो नतिजा निकाल्न सक्छ भनेर पूर्वानुमान गर्नु नै आत्मघाति कुरा हो ।

यसअघि शक्तिशाली मानिएका टिम जसले विश्वकपको ट्रफी उचाल्नसक्ने अनुमान गरिएको थियो जर्मनी, अर्जेन्टिना, पार्चुगल र स्पेन क्रमैसँग विश्वकपबाट बाहिरिएका छन् ।

जारी विश्वकपमा कहलिएका टिमहरु एकपछि अर्को गर्दै घर फर्किन बाध्य टिमले पनि खेल सहज हुनेमा शंका छ ।

त्यस्तै, ५ पटकको विश्वकप विजेता ब्राजिल प्रि—क्वाटरफाइनलमा सोमबार (आज) मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ । समूह ई को विजेता ब्राजिल र समूह एफको उपविजेता मेक्सिको रसियाको समरा एरिनामा खल्दैछन् । खेल नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा हुनेछ ।

यसअघि समूह चरणका खेलमा दुवैले उतकृष्ट प्रदर्शन गर्दै प्रि—क्वाटरफाइनल पुगेका यी टोलीबीचको खेललाई विश्वकपमा महत्वपूर्ण मानिएको छ ।

यससँगै ब्राजिलको भविष्यका बारेमा टिकाटिप्पणी जारी छ । ब्राजिलका स्टार नेयमार लयमा आइसकेकाले पनि ब्राजिललाई रोक्न गाह्रो पर्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५ पटकको विश्वकप उपाधि विजेता ब्राजिल र दुई पटको क्वाटरफाइनलसम्म पुगेको मेक्सिकोले आ—आफ्नो इतिहास बनाउने दाउमा हुनेछन् ।

विश्वकै सबैभन्दा महंगा खेलाडी नेयमार रहेको ब्राजिललाई रोक्न मेक्सिकोले विभिन्न रणनीति अपनाउनेछ । ब्राजिलका स्टार नेयमारलाई रोक्दै आफ्नो जित निकाल्ने रणनीतिमा मेक्सिको हुनेछ । मेक्सिकोले ब्राजिलविरुद्ध जाभिएर हेर्नान्डेजलाई मुख्य हतियारका रुपमा मैदान उतार्नेछ । त्यस्तै उनीसँगै मेक्सिकोका लागि कार्लोस भेला, हिर्भिङ लोजानो पनि रहेका छन् ।

हेड टु हेड

ब्राजिल र मेक्सिकोबीच भएका खेलमा जितमा ब्राजिलले जितेको छ । अहिलेसम्म ब्राजिल र मेक्सिकोको भेट ४० पटक भएको छ । जसमा ब्राजिलले २३ पटक जितेको छ भने मेक्सिकोले १० पटक जितेको छ भने ७ पटक भएका खेलमा ब्राजिल र मेक्सिकोले बराबरी खेलेका छन् ।

ब्राजिलका ताकतः नेयमार, मार्सेलो र काउन्टीन्हो

ब्राजिलका स्टार नेयमारले रसिया विश्वकपको पहिलो खेलमा आम दर्शकको अपेक्षाअनुसार राम्रो प्रदर्शन गर्न सकेनन् । जसमा स्वीट्जरल्यान्डसँग ब्राजिलले १—१ गोलको बराबरी खेल्यो । जसमा फिलीप काउन्टीन्होले एक गोल गर्दै नायक सावित भए ।

तर, ब्राजिलको समूह चरणको दोस्रो खेलमा स्टार नेयमारको कमब्याक भयो । जसमा उनले राम्रो पास निकाले पनि सुरुमा गोल हुन सकेन । नेयमारको कमब्याकसँगै ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्यो । कोस्टारिकासँगको खेल निकै रोचक भएको थियो । जसमा खेलको निर्धारित समय सकिएपछि थप गरिएको ७ मिनेटमा ब्राजिलले २ गोल गरेको थियो । जुन नेयमार र फिलीपे कोन्टिन्होले एक—एक गोल गरेका थिए । दोस्रो खेलमा कोस्टारिकालाई २—० गोलले पराजित गरेको छ ।

त्यस्तै, समूह चरणको अन्तिम सर्बियासँगको खेलमा ब्राजिलले २—० गोल अन्तरले जितेको थियो । सर्बियासँगको खेल ब्राजिलका लागि निर्णायक खेल थियो । सर्बियालाई जित्नैपर्ने दबाबलाई ब्राजिलका पाउलीन्होले ३६ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिएका थिए भने खेलको ६८ औं मिनेटमा थियागो सिल्भाले गोल गरेपछि २—० गोलले सर्बियालाई पराजित गरेको थियो ।

मेक्सिकोविरुद्ध आजको खेलमा ब्राजिलसँग स्टार खेलाडी नेयमारसँगै फिलीप कोउटीन्हो, थियागो सिल्भा, मार्सेलो र पाउलिन्हो पहिलो रोजाइका खेलाडी हुनेछन् ।

नेयमारका लागि चुनौती जाभिएर हेर्नान्डेज र कार्लोस भेला

जारी विश्वकप फुटबलमा मेक्सिकोले समूह चरणको पहिलो खेलमा चामत्कारिक प्रदर्शन गर्यो । जसमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई पराजित गरेको थियो । जर्मनीलाई मेक्सिकोले १—० गोल अन्तरले पराजित गरेको थियो । जुन खेलमा नायकका रुपमा मेक्सिकोका फरर्वाड हिर्भिङ लोजानो बनेका थिए ।

मेक्सिकोले ब्राजिललाई पराजित गर्दै विश्वकपमा नयाँ इतिहास रच्ने सपना बोक्दै क्वाटरफाइनल प्रवेश गर्नेछ । समूह चरणको दोस्रो मेक्सिकोले दक्षिण कोरियालाई २—१ गोलले पराजित गर्दा जाभिएर हेर्नान्डेज र कार्लोस भेलाले एक —एक गोल गरेका थिए ।
ब्राजिल विरद्धको खेल उत्कृष्ट प्रदर्शन गर्दै ब्राजिलमाथि जित निकाल्ने रणनीतिमा मेक्सिको मैदान उत्रिँदैछ । मेक्सिको यसअघि २ पटक विश्वकपको क्वाटरफाइनल पुगेको छ ।

सन् १९७० र सन् १९८६ मा क्वाटरफाइनल सम्म पुगेको थियो । रसिया विश्वकपमा इतिहास रच्ने लक्ष्यमा मेक्सिको रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org