ताजा समाचार

पहिरोले विद्यालय भवन जोखिममा

रामपुर, पाल्पा, १८ असार। निस्दी गाउँपालिका– ५ स्थित राईकोट आधारभूत विद्यालय भवन पहिरोको जोखिममा परेको छ ।

वर्षापछि विद्यालय नजिकै पहिरो गएपछि भवन जोखिममा परेको हो ।

शनिबार राति परेको पानीले बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडकखण्डमाथि रहेको विद्यालयको मूल द्वार र पर्खाल पहिरोका कारण भत्किएको प्रधानाध्यापक केशबहादुर कालुङले बताए ।

“लगातार वर्षा भए भवन भत्कने खतरा छ,” उनले भने ।

बेलडाँडा कठैडाँडा हुँदै गावुडाँडा जोड्ने सडक फराकिलो गरिएपछि पहिरो खस्न थालेको हो । विद्यार्थीलाई अन्य भवनमा राखेर त्रैमासिक परीक्षा सञ्चालन गरिएको छ । कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल एक सय १० विद्यार्थी अध्ययनरत छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org