ताजा समाचार

१५० सीसी भन्दा धेरै क्षमता भएका मोटरसाइकल बिलासीताका साधन: अर्थमन्त्री खतिवडा

काठमाडाैं १८, असार । अर्थमन्त्री युवराज खतिवडाले मोटरसाइकलमा करको दायरा फराकिलो बनाएको कुरा चाैतर्फी बिरोध भएपछि उनले स्एष्ठिकरण दिएका छन् ।

उनले प्रतिनिधि सभा बैठक सांसदले उठाएका सार्वजनिक महत्वका बिषयमा उठेका प्रश्नहरुको जवाप दिने क्रममा १५० सीसी इन्जिन क्षमता भएका मोटरसाइकलमा मात्रै कर बढाएको कनाएका छन् । उनले भने ‘ १५० सीसी भन्दा बढि क्षमताका मोटरसाइकल भनेका बिलासीताका सामान हुन्’ ।

यस्तै, उनले धेरै क्षमता भएका सवारी साधनमा करको दायरा फराकिलो बनाएको भन्दै ६० प्रतिशत खरिद हुने १५० सीसी मूनिका सवारी साधनको मूल्य नबढ्ने समेत जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org