ताजा समाचार

विश्वकप क्वाटरफाइनलमा आज उरुग्वे र फ्रान्स, ब्राजिल र बेल्जियम भिड्दै

काठमाडौँ २२, असार । रुसमा जारी विश्वकप फुटबलको क्वाटर फाइनल खेलमा आज २ खेलमा ४ टोली भिड्दैछन् ।

बेलुकी पौने ८ बजेदेखि सुरु हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्दै छन् भने पौने १२ बजेदेखि सुरु हुने खेलमा ब्राजिल र बेल्जियम भिड्दै छन्। ४ टोली मध्ये २ टोली सेमिफाइनलमा पुग्ने छन् भने २ टोली विश्वकपबाट बाहिरीने छन् ।

उरुग्वे र फ्रान्स

विश्वकप पूर्वविजेता राष्ट्र उरुग्वे र फ्रान्स नेपाली समयअनुसार साँझ ७ः४५ बजे भिड्नेछन् । फ्रान्स गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । यसैगरी उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

आज दुबै टोलीले सेमिफाइनलको यात्रा तय गर्नका लागि कडा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ।

ब्राजिल र बेल्जियम

ब्राजिल र बेल्जियमबीच हुने खेललाई पनि आजको कडा प्रतिस्पर्धा हुने खेलको रुपमा हेरिएको छ । यो खेल नेपाली समयअनुसार राति ११ः४५ बजे  हुनेछ ।

क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकको विश्वविजेता ब्राजिलले मेक्सिकोलाई २–० ले पराजित गरेको थियो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो ।

शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइनल खेलमा स्वीडेन र इङ्ग्ल्यान्ड तथा चौथो तथा अन्तिम खेलमा राति ११ः४५ बजे आयोजक रुस र क्रोयसिया आमनेसामने हुनेछन् ।

क्वाटर फाइनलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ ।

खेल तालिका यस्तो छ:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org