ताजा समाचार

अबदेखि प्रदेश ४ को नाम गण्डकी प्रदेश

काठमाडौं २२, असार । प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश राख्ने निर्णय भएको छ । आज बसेको प्रदेशसभा बैठकले बहुमतका साथ गण्डकी प्रदेश राख्ने निर्णय गरेको हो ।

जहमध्ये, प्रस्तावको पक्षमा ५४ मत परेको छ । विपक्षीमा दुई मत खसेको छ । नयाँ शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका थिए ।

यसअघि प्रदेशको नाम गण्डकी राख्ने कि तमुवान–मगरात राख्ने भन्ने विषयमा व्यापक छलफल भएको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे ।

प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org