ताजा समाचार

प्रभु बैंकको नयाँ शाखा राैतहटको परोहामा

राैतहट २२, असार । प्रभु बैंकले राैतहटको परोहा नगरपालिकामा नयाँ शाखा कार्यालय आज देखि संचालनमा ल्याएको छ ।

देश संघियतामा गएपछि बैंकले शाखा विस्तारमा विशेष ध्यान दिदै जिल्लाको परोहा नगरपालिका वडा नं.४ स्थित परोहा शाखा संचालनमा ल्याएको जनाएको छ ।

शाखाको उद्घाटन नगरपालिकाका प्रमुख मो.शेख वकिलले गरेका हुन् ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा रौतहट जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएको बैंकको परोहा शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र नगरपालीकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको बिज्ञप्ती जारी गर्दै जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org