ताजा समाचार

उरुग्वेलाई हराउदै फ्रान्स पुग्यो विश्वकप सेमिफाइनल

असार २२, काठमाडौं । दुई पटक विश्वकप जितिसकेको उरुग्वेलाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। कभानी बेन्चमा बस्नु नै उरुग्वेका लागि दुर्भाग्य साबित भयो।

खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सहज जित दिलाए । ग्रिजम्यानले डी एरिया बाहिरबाट प्रहार गरेको सट उरुग्वेका गोलकिपर फर्नान्दो मुस्लेराले राम्रोसँग क्लियर नगर्दा गोलपोस्टभित्र छिरेको थियो ।

उरुग्वेका भरपर्दा स्ट्राइकर इडिसन काभानी घाइते भएर आज खेल्न सकेका थिएनन् । जसको असर खेलमा प्रत्यक्ष देखिएको थियो ।

योसहित फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छैटौं पटक हो । अब उसले फाइनल प्रवेशका लागि शुक्रबार राति हुने ब्राजिल र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org