ताजा समाचार

विश्वकप सेमिफाइनलमा २८ वर्षपछि पुग्यो इंग्ल्याण्ड, स्वीडेन फर्कियो घर

काठमाडौं २३, असार । स्वीडेनलाई २-० ले हराउँदै इ‌ंग्ल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डलाई अन्तिम ४ मा पुर्‍याउन खेलको ३०औँ मिनेटमा एस्लो योङको कर्नरमा ह्यारि मगुइरेले हेडमार्फत गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा डेले अलीले पनि हेडर गोल गर्दै अग्रता दोब्बर पारे। ५९औँ मिनेटमा जेस लिनगार्डको पासमा अलीले गोल गरेका हुन् ।

इंग्ल्याण्ड यो सहित तेस्रो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेकाे हाे । यसअघि सन् १९६६ मा आफैले विश्वकप जित्दा र सन् १९९० मा सेमिफाइनलसम्म पुगेको थियो ।

सन् १९९० मा भने इंग्ल्याण्ड पश्चिम जर्मनीसँग सेमिफाइनलमै पराजित भयो । यसपटकको सेमिफाइनल यात्रा इंग्ल्याण्डको २८ वर्षपछि पहिलो पटक हो ।

इंग्ल्याण्डले फाइनल प्रवेशका लागि शनिबार राति हुने रसिया र क्रोएसियाबीचको खेलको विजेतासँग आउँदो बुधबार प्रतिस्पर्धा गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org