ताजा समाचार

पूर्वराजाले नेपालगन्जमा मनाए जन्मदिन

नेपालगन्ज, २३ असार । आफ्ना परिवार र शुभेच्छुकहरुको उपस्थितिमा पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७२ औं जन्मदिन आज यहाँस्थित सोल्टी होटलमा मनाएका छन् ।

होटल सोल्टीमा बिहानैदेखि उपस्थित परिवारका सदस्य, शुभेच्छुकहरुले पूर्व राजालाई ७२ आैं जन्मदिनको शुभकामना र बधाई दिएका थिए ।

आफ्नो जन्मदिन मनाउन पत्नी कोमल, छोरा पारस, छोरी प्रेक्षा, बुहारी हिमानी, नातीनातिना सहित पूर्व राजा ज्ञानेन्द्र शाह बिहिवार नेपालगन्ज आएका थिए ।

आफ्नो जन्मदिनको अवसरमा पूर्व राजा शाह आज बिहान यहाँको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर गई पूजाअर्चना पनि गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org