थाइल्याण्डको गुफामा थुनिएका १३ जनाको उद्धारकार्य शुरु
थाइल्याण्ड, २४ असार । थाइल्याण्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना उनीहरुका प्रशिक्षक सहित १३ जनाको उद्धार कार्य आइतबार पनि विहानैबाट सुरु भएको छ ।
दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका उनीहरुको उद्धार कार्य स्थानीय समय अनुसार आइतबार विहान १० बजे शुरु भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
उद्धारका लागि १३ जना अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिए ।
उद्धार टोलीमा पाँच जना सेनाको विशेष टोली पनि सहभागी गराइएको उनले बताएको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ ।
फसेका १२ बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई एक एक गरेर बाहिर निकालिने भएको छ । उनीहरुमध्ये पहिलोलाई आइतबार बिहान काम सुरु गरेको झण्डै एघार घण्टामा गुफाबाट बाहिर निकाली सकिने गभर्नर रायको अनुमान छ ।
उनीहरुलाई बाहिर निकाल्न करिब १०० स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।
गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३०० मीटर लामो रहेको उद्धार कार्यमा खटिएकाहरुले जानकारी दिएका छन् ।
ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान सक्ने तथा र ती बालकको उद्धार गर्न सजिलो हुने उनीहरुले बताएका छन् ।
यो विधि अपनाउँदा भित्रछिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरुको उद्धार गर्नसक्ने अनुमान गरिएको छ ।
ठूलो सङ्ख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधिको प्रयोगगरी यी चिम्नी निर्माण गरिएको यहाँको सेनाले जानकारी दिएको छ ।
उद्धारकर्ताहरुले सबैभन्दा पहिले एक बालकलाई आइतबारै बेलुका नौ बजेतिर बाहिर निकाल्ने छन् र क्रमशः अरुलाई पनि बाहिर निकालिने छ । अधिकारीहरुले १३ जनालाई नै बाहिर निकाल्न दुई देखि तीन दिन सम्म लाग्ने बताएका छन् ।
“उनीहरु उद्धारका क्रममा आइपर्न सक्ने चुनौतीहरु सामना गर्न तयार भएका छन्, चिकित्सा टोलीले पनि त्यसका लागि आवश्यक तयारी गरेको छ, गभर्नरले भने ।
गुफामा फसेका बालकहरु ११ देखि १६ बर्ष सम्मका रहेका छन् भने उनीहरुका प्रशिक्षक २५ वर्षका छन् ।
उनीहरु गएको जुन २३ देखि गुफामा फसेका हुन् । हराएको दिनदेखि खोजी गरिरहदा नवौँ दिनमा मात्रै उनीहरु भेटिएका थिए । उनीहरुको खोजी तथा उद्धारका लागि एक हजार जना उद्धारकर्ता परिचालन गरिएको छ ।
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...