ताजा समाचार

अफगानिस्तानमा ३४ लडाकू मारिए

अफगानिस्तान, २४ असार  अफगानिस्तानको उत्तरी बाल्ख प्रान्त अन्तर्गत पर्ने चाम्टल जिल्लामा ३४ जना लडाकू मारिएका छन् ।

उत्तर क्षेत्रीय प्रहरी प्रवक्ता सइद सरवार हुसेनले आइतबार दिएको जानकारीअनुसार शनिबार भएको सो घटनामा परी अरु १८ जना घाइते भएका छन् ।

सरकारी सुरक्षाकर्मीले शनिबार चाम्टल जिल्लामा गरेको सुरक्षा कारबाहीमा परी ३४ भन्दा बढी विद्रोही मारिएका छन् भने अरु १८ जना घाइते भएका छन्।

सो घटनामा परी सुरक्षाकर्मीतर्फ दुइजना मात्रै घाइते भएको अधिकारीहरुले दावी गरेका छन् । तालिबान लडाकूले घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org