ताजा समाचार

मजदुरको तलब तोकियो, साउनदेखि १४ हजार २ सय

काठमाडौं २५, असार । सरकारले आन्तरिक मजदुरको ज्याला तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो ।

पारिश्रमिक तोकेको सरकारले आगामी वर्षदेखि नै मजदुरको तलब वैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने तयारी पनि गरेको छ । साथै, समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ ।

यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ४५ सय रुपैयाँ थपिनेछ ।

यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनेछ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १७ हजार पुग्नेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org