पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण
बागलुङ २६, असार। पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण भएको छ । अठारौँ स्थापना दिवसको अवसर पारेर शाखा कार्यालय सोमबार आफ्नै भवनमा सरेको छ ।
रु ७५ लाखको लागतमा दुईतले भवनको निर्माण सम्पन्न गरिएको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिनुभयो । सरकारी र गैरसरकारी क्षेत्रबाट जुटेको आर्थिक सहयोगबाट भवन निर्माण कार्यले सफलता पाएको हो ।
जिल्लाका स्थानीय तहबाट रु २७ लाख ५० हजार बजेट उपलब्ध भएको थियो । सबैभन्दा बढी बागलुङ नगरपालिकाले रु १० लाख उपलब्ध गराएको जनाइएको छ । बाँकी रकम सहयोग अभियानबाट संकलन भएको अध्यक्ष शिरीषले बताउनुभयो । शाखाले गत वर्षदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नामक आर्थिक अभियान थालेको थियो । अभियानमा सर्वसाधारण, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यालय, सहकारीलगायत जोडिएका थिए ।
रु चार लाख ८० हजार पत्रकार स्वयंले भवन निर्माणमा योगदान गरेका छन् । “स्थानीय तहलगायत सबै पक्षको सहयोगले वर्षौंदेखिको भवन बनाउने योजना साकार बनेको छ”, अध्यक्ष शिरीषले भन्नुभयो । भवन निर्माण अभियानमा व्यक्तिगत सहयोगबाट मात्रै रु सात लाखभन्दा बढी रकम जुटेको थियो । यस्तै, आर्थिक सहयोग गर्नेमा ३० भन्दा बढी सहकारी र उत्तिकै संख्यामा शैक्षिक तथा सामाजिक संस्था छन् । ती संस्थाबाट रु सात लाख सहयोग उठेको छ ।
उद्योगी, व्यवसायीबाट पनि यथोचित रकम उपलब्ध भएको र केही बोल रकम उठ्न बाँकी रहेको शाखाले जनाएको छ ।
स्वतःस्फूर्त रुपमा जुटेको आर्थिक सहयोगबाट भवन निर्माणले पूर्णता पाएको शाखा अध्यक्ष शिरीषले बताउनुभयो । उहाँका अनुसार आउँदो आर्थिक वर्षमा सभाहल निर्माणका लागि थप एक तला थप्ने योजना छ ।
शाखा स्थापना भएको १९ वर्षपछि आफ्नै भवन निर्माण गर्न शाखाको वर्तमान कार्यसमिति सफल भएको छ । बागलुङ नगरपालिका–२ मा निर्माण भएको भवनमा आधुनिक सूचना केन्द्र, सभाहललगायतका संरचना बन्नेछन् ।
उपुयक्त ठाउँमा जग्गा नपाउँदा पत्रकार महासंघको भवन बन्न सकेको थिएन । गत वर्ष जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको विशेष पहलमा जग्गा व्यवस्थापन भएपछि भवन निर्माणले गति लिएको थियो ।
Comments
अरु समाचार
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...