सम्झौता सकियो बनेन पुल
मनाङ २६, असार । सम्झौताको अबधि सकिँदा पनि बेँसीशहर–चामे सडकमा पुल निर्माण भएको छैन । खोलामा पुल बनाउने जिम्मा लिएको क्यारवाहन कन्सल्टेन्सीले समयमा काम नगर्दा स्थानीयवासी, पर्यटक र सञ्चालित सवारी साधन खोलामा अलपत्र पर्दै आएका छन् ।
यस सडक खण्डामा पर्ने म्यार्दी खोला, तिमाङ खोला, पिसाङ खोला र तिल्चेगाउँ जाने दूधखोलामा मोटरेबल पुल निर्माण गर्ने जिम्मा लिएको उक्त कन्सल्टेन्सीले २०७५ असार मसान्तसम्ममा लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलामा बेलिब्रिज निर्माणका लागि दमौली सडक डिभिजन कार्यालयसँग रू दुई करोड २१ लाखमा सम्झौता गरेको थियो ।
एउटामात्र मोटरबाटो त्यसमा पनि खोलाले छेक्ने भएपछि मनाङ आवतजावतमा कठिन भएको स्थनीयवासी शेरबहादुर विश्वकर्माले बताए ।
उता मनाङ रोडमा वर्षैपिच्छे यस्तो समस्या आइरहने भएकाले सवारी चालक जोखिम मोल्न बाध्य भएको जानकारी दिँदै सवारी चालक सन्तबहादुर गुरुङले बर्खाको समयमा यहाँको व्यापार व्यवसाय ठप्प हुने अवस्थामा पुगेको र बिरामीका लागि झन समस्या भएको बताए।
उक्त कन्सल्टेन्सीले भने भौगोलिक विकटताका कारण समयमा काम गर्न नसकेको जनाएको छ । सो कम्पनीका इन्जिनियर सुशील नकर्मीका अनुसार हिउँदमा बढी चिसो हुने र बर्खामा झरी, बाढी पहिरोका कारण काम समयमा सम्पन्न नभएको वताए ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...