ताजा समाचार

ठूलीभेरीको बजेट २९ करोड

डोल्पा २८,असार।ठूलीभेरी नगरपालिकाको बजेट रु २८ करोड ९१ लख ८५ हजार प्रस्ताव गरिएको छ ।

‘हाम्रो लगानी कृषि, पर्यटन, उद्योग, व्यापार, वातारवरण र पूर्वाधार, ठूलीभेरी नगरपालिकाको समृद्धिको मूल आधार’ नाराका साथ ठूलीभेरी नगरपालिका जुफालको दोस्रो नगर सभाले सो बजेट प्रस्ताव गरेको हो ।

नगर सभाले आन्तरिक सडक विस्तार र व्यावसायिक प्राङ्गारिक कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७५-७६ को बजेट नीति तथा कार्यक्रम पारित गरेको छ ।

ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका अनुसार प्रत्येक युवालाई कृषितर्फ आकर्षित गर्न सहुलियत ऋणको व्यवस्था, कृषकको सुरक्षाका लागि पशुसेवा बीमा तथा फलफूल कृषक बीमाको व्यवस्था गर्ने कुरा नीति तथा कार्यक्रमले समेटेको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org