फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई दिइयो भब्य सम्मान, हेर्नुहोस् स्वागतका ३/३ फोटो
पेरिस, १ साउन । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ ।
फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सो सम्मान गर्ने घोषणा गरेको थियो ।
विजयपछि फ्रान्स फर्किएका फुटबल टोलीको राजधानी पेरिसमा भव्य स्वागत गरिएको र उनीहरुको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गरेका थिए ।
विश्वकप ट्रफीसहित स्वदेश फर्केको सो टोलीलाई स्वागत गर्न सोमबार पेरिस विमानस्थलमा ठूलो सङ्ख्यामा प्रशंसकको भीड लागेको थियो ।
देशका विभिन्न स्थानमा फुटबल प्रशंसकले खुसियाली मनाएका थिए । केही ठाउँमा झडपसमेत भएको समाचार आएको थियो ।
पेरिसको केही स्थानमा युवाले पसलबाट रक्सीसमेत चोरेका थिए । यस्ता घटनाका बावजुद पनि प्रशंसकमा खुसियाली मनाउने उत्साहमा कुनै कमी नआएको बताइएको छ ।
यातायात विभागले पेरिसका केही स्टेशनमा खेलाडीको नाम राखेर खुसियाली मनाएको थियो । उक्त विभागले पेरिसमा मङ्गलबार यात्रुलाई निःशुल्क यात्रा पनि गराएको थियो ।
फ्रान्सले यो दोस्रो पटक विश्वकपको उपाधि हात पार्न सफल भएको हो । यसअघि सन् १९९८ मा पहिलो पटक यो उपाधि प्राप्त गरेको थियो । २० वर्षपछि फ्रान्सलाई यो सौभाग्य फेरी जुरेको छ ।
यस पटकको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई दुईका विरुद्ध चार गोलले पराजित गरेको थियो ।
क्रोएसियाले उपाधि नजिते पनि फाइनलसम्मको उसको यात्रा पनि हालसम्मकै ठूलो सफलता थियो । करिब ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषयमा विश्वमा नै व्यापक चर्चा चलेको छ ।
साथै विश्वकपको समापन समारोहमा क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर कितारोभिकले आफ्ना खेलाडीप्रति दर्शाएको प्रेमले उनीहरुमा प्रेरणा प्राप्त भएको बताइएको थियो ।
दोस्रो भएर बाहिरिनु परेकोमा दुःख व्यक्तगर्दै रोएका खेलाडीलाई राष्ट्रपति कोलिन्डाले प्रेमपूर्वक सान्त्वना दिएको दृश्य विश्वकै सञ्चारमा छाएको थियो ।
उता क्रोएसियामा पनि दोस्रो भएर फर्किएका आफना खेलाडीहरुलाई सरकार र सर्वसाधारण खेल प्रेमीहरुले भव्य स्वागत गरेका छन् ।
करिब ४१ लाख जनसङ्ख्या भएको यस मुलुकमा लाखौँ व्यक्तिको भीडले स्वागत गरी खुसियाली मनाएको दृष्य अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलले देखाएका छन् ।
रुसमा करिब एक महिना चलेको २१औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबारबाट सकिएको छ ।
यस महाकुम्भको २२औँ संस्करण सन् २०२२ मा कतारमा आयोजना गर्ने तय भएको छ ।
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस हारेर फिल्डिङमा नेपाल, टिममा पाँच परिवर्तन
काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान...
-
नेपाल र वेस्ट इन्डिजबीच आजदेखि ऐतिहासिक पाँच खेलको सिरिज
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२०...
-
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
काठमाडौं । नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई...
-
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
काठमाडौं । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको...
-
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
काठमाडौ । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । धुलिखेलको खेल मैदानमा हुने छैटौँ सहाना प्रधान स्मृति...
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
आईपिएलः गुजरातमाथि दिल्लीको चार रनको रोचक जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको रोचक जित निकालेको छ।...
-
काश दाहाल स्मृति भलिबल प्रतियोगिता हुने
काठमाडौं । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका...