ताजा समाचार

२२ आैँ संस्करण कतार विश्वकपको सुरक्षाको जिम्मा नेपालि लाई

काठमाडौं २,असार । कतारले सन् २०२२ मा आफ्नो देशमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव गरेको छ । मंगलबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापा बादलसँगको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन् । त्यसका लागि छुट्टै सम्झौता गर्न समेत  कतार तयार रहेको राजदूत मोहम्मदले गृहमन्त्री थापालाई अवगत गराएका थिए ।

जवाफमा गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सकारात्मक रहेको बताएका छन् । भेटवार्तामा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेका थिए ।

राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरेका छन् ।  कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

यसैबीच मंगलबारै नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रिचार्ड मोरिसले पनि गृहमन्त्री शिष्टाचार भेटवार्ता गरेका छन् ।  गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बेलायत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org