ताजा समाचार

रोनाल्डोलाई कर छलीको आरोपमा स्पेनिस अदालतले तोक्यो २ बर्ष जेल सजाय

काठमाणडाैँ ५, साउन ।  पोर्चुगिज  स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफू माथि लागेको कर छलीको आरोप लागेको छ । स्पेनिस क्लब रियल मड्रिडमा रहँदा आफू माथि लागेको कर छलीको आरोप  स्वीकार्दै २ वर्ष जेल सजाय र १२.१ मिलियन पाउण्ड जरीवाना तिर्न तयार भएका छन्। स्पेनिस रेडियो क्याडेना कोपलाई उद्धृत गर्दै अनलाइन पत्रिका डेलीमेलका अनुसार रोनाल्डोले उक्त सजाय र जरिवाना भुक्तानि गारना  राजी भएका हुन्।

उनले ४.३ मिलियन पाउण्ड तिर्ने छन्। हालै इटालियन क्लब युभेन्ट्समा आबद्ध भएका ३३ वर्षीय रोनाल्डोलाई गत वर्ष सन् २०१० देखिको कर नतिरेको आरोपमा मुद्दा लागेको थियो । तर, रोनाल्डोले आफू माथि लागेको आरोप अस्वीकार गर्दै आएका थिए ।

स्पेनिस क्लब रियल मड्रिडमा रहँदा रोनाल्डो माथि सन् २०१० देखी साढे १३ मिलियन पाउण्ड बराबरको कर छलेको आरोप लागेको थियो। जेल सजाय भोग्न तयार भए पनि रोनाल्डोले जेल जान भने पर्ने छैन। स्पेनीस कानुन अनुसार २ वर्ष सम्मको जेल सजाय पाएकाले जेलमा बसिरहनु पर्दैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org