ग्राण्डी अस्पतालको छतमा दुर्घटनाग्रस्त सिम्रिक एयरको हेलिकप्टर यसरी हटाइयो (भिडियोसहित)
काठमाडाैं ७, साउन । गत असार १५ गते शनिवार ग्राण्डी अस्पतालमा मेडिकल टिम लिन आएको र हेलिप्याडमा ल्याण्ड गर्दा दुर्घटनाग्रस्त भएको सिम्रिक एयरको हेलिकप्टर आइतबार अस्पतालको छतबाट निकालेर लगिएको छ ।
अस्पतालको १४ तल्ला माथि छतमा रहेको दुर्घटनाग्रस्त हेलिकप्टर हटाउने काममादुई दिन सिम्रिक एयरको इन्जिनियरिङ तथा रेस्क्यु टिमले दिनभर काम गरेपछि हेलिकप्टर हटाउन सकिएको जनाइएको छ । हेलिकप्टर हटाइसकेपछि हस्पिटलको रुफटप हेलिप्याड अव सुरक्षित रहेको समेत हस्पतालले जानकारी दिएको छ ।
त्यसै, दुर्घटना भएलगत्तै ग्राण्डी अस्पतालको सुरक्षा तथा रेस्क्यु टोली, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी बल तथा सिम्रिक एयरको इन्जिनियरिङ टोलीले संभावित क्षति न्यूनिकरणमा सहयोगकालागि आभार प्रकट समेत गरेको छ।
अस्पतालको मेडिकल टिम लिन आएको सिम्रिक एयरको 9N-ALR कल साइनको हेलिकप्टर असार १५ गते दिउँसो २ बजेर ३२ मिनेटमा अस्पतालको हेलिप्याडमा ल्याण्ड गरिसकेपछि अचानक अनौठो आवाज आएर घडिको सुइको बिपरित दिशामा केहिफन्को घुमेर अस्पतालको दक्षिण तर्फको कुनामा खस्न पुगेको थियो ।
Comments
अरु समाचार
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












