यूएइको श्रम सम्झौदा परिमार्जनसम्बन्धी छलफल
काठमाडौं ९, साउन । यूएइको श्रम सम्झौता परिमार्जनसम्बन्धी श्रममन्त्री गोकर्णराज विष्ट र यूएइका लागि नेपाली राजदूत सैड हमदम अल न्यावीबीच छलफल भएको छ ।
मन्त्रालयले नेपाल र यूएइबीच विगतमा भएको श्रमसम्बन्धी समझदारी पत्रलाई श्रमिक आदानप्रदानमा संलग्न दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्ने विषयमा मंगलबार छलफल भएको जनाएको छ ।
यूएइमा जान चाहने नेपाली श्रमिकको छनोट प्रणालीलाई पारदर्शी बनाउन र अनावश्यक मध्यस्थकर्ताको उपस्थितिको कारण अतिरिक्त शुुल्क तिर्नुपर्ने बाध्यताबाट मुक्त गर्दै श्रमिकसम्बन्धी समस्यालाई सहज समाधान गर्न दुवै देशका प्रतिनिधि रहेको संयुक्त समिति गठन गरी कार्य सञ्चालन हुनसकेमा श्रमिक आदानप्रदानलाई थप व्यवस्थित बनाउन सहयोग पुुग्ने मन्त्री विष्टले बताए ।
यूएइको माग र आवश्यकताअनुुरुप नेपालमा दक्ष जनशक्तिको उत्पादन एवं जनशक्तिको आपूूर्तिका सम्भावनाबारे आगामी दिनमा सघनरुपमा द्विपक्षीय छलफल गरी उपयुक्त विधि र पद्धति अवलम्बन गर्न उपयुक्त हुने उनले स्पष्ट पारे ।
यूएइमा डाक्टर, इञ्जिनियर, नर्सलगायतका दक्ष जनशक्तिका लागि उच्च पारिश्रमिकको अवसर रहेको राजदूत न्यावीले बताए । भेटमा उनले गन्तव्य मुलुुकको आवश्यकताअनुसारको दक्ष जनशक्ति उत्पादन गर्न र नेपाली श्रमिकको उत्पादकत्व अभिवृद्धि गरी स्वदेशमा नै स्वरोजगारीका अवसर वृद्धि गर्ने मन्त्रालयको प्राथमिकतामा यूएइ सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य रहनेसमेत आश्वस्त पारे ।
सो अवसरमा नेपाली श्रमिकका लागि यूएइमा रोजगारीका थप अवसरको सम्भावना, दुुई मुलुकबीचको श्रम सम्बन्धमा हुनुुपर्ने सुधारका क्षेत्र तथा यूएइमा रहेका नेपाली श्रमिकको व्यावसायिक सुरक्षालगायतका विषयमा छलफल भएको थियो
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...