ताजा समाचार

समाजवादको यात्रामा छाैँ: अध्यक्ष प्रचण्ड

काठमाडौं ९, काठमाण्डाेँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु समाजवादको यात्रामा रहेको बताएका छन् । नरबहादुर कमाचार्यको पाँचौं स्मृती दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “बाँचुन्जेल हाम्रा अग्रजहरुले देखाएको बाटोमा हामी हिँड्नुपर्छ ।

अग्रजहरुको योगदानले नै हामी अहिले नेपालमा मौलिक तरिकाले समाजवादको यात्रामा अगाडि जाने तयारीमा छौं । त्यसको निम्ती सामाजिक न्याय र समृद्धि अनिवार्य छ ।”

उनले विचार र सिद्धान्त मिल्ने शक्तिहरु एकजुट भएमात्र देशलाई भलो हुने जिकिरसमेत गरे । “इतिहासले प्रमाणित गर्यो, मिल्न सक्ने शक्तिहरु एकताबद्ध भएमा मात्र नेपाल र नेपाली जनताको समृद्धि हुन्छ । हामीले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेका छौं, शक्तिशाली सरकार छ, पार्टी छ,” दाहालले भने  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org