अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन यस्तो बन्यो उपसमिति (नामसहित)
काठमाडाैं १०, साउन । पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ ।आज बसेको दुई विद्यार्थी एकता कार्यदलको बैठकले राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण, विधान मस्यौदा र संगठन समायोजन उपसमिति गठन गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले बताइन् ।
उपसमितिलाई १० दिनभित्रमा कार्यदललाई प्रतिवेदन बुझाउन भनिएको छ । उपसमितिले प्रतिवेदन बुझाएपछि एकता प्रक्रियालाई अन्तिम रुप दिइनेछ ।
क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार राजनीतिक तथा शैक्षिक उपसमितिमा अनेरास्ववियुबाट महेश बर्तौला, शैलेश लामा, ओसिम आलम, मकर खड्का र झपीन्द्र खत्री तथा क्रान्तिकारीबाट तिलकराज भण्डारी, पञ्चा सिंह, रविकिरण यादव, मिलन एमसी र तुकमान महरा रहेका छन् । विधान मस्यौदा उपसमितिमा अनेरास्ववियुबाट रश्मी आचार्य, सुनिता बराल, आरसी लामिछाने र सुदेश पराजुली तथा क्रान्तिकारीबाट सुरेन्द्र बस्नेत, दीपक देवकोटा, विजय गौतम र दीपेश पुन रहेका छन् ।
संगठन समायोजन उपसमितिमा अनेरास्ववियुबाट ऐन महर, आरती लामा, समिक वडाल र सुदर्शन शिवाकोटी तथा क्रान्तिकारीबाट उत्तम अधिकारी, दीपक जोशी, इन्द्र भुसाल र जिपी मैनाली रहेका छन् ।
कार्यदलमा तत्कालीन नेकपा एमालेबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा अनेरास्ववियुका इन्चार्ज रवीन्द्र अधिकारी र अनेरास्ववियुका अध्यक्ष तथा सांसद नवीना लामा एवम् क्रान्तिकारीबाट अध्यक्ष रञ्जित तामाङ र क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल रहेका छन् । पार्टी एकता भएको तीन महिनाभित्र भातृसंगठन एकता गर्ने नेकपाले जनाएको थियो ।
Comments
अरु समाचार
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...