ताजा समाचार

नेपालको पहिलो ओडिआई क्रिकेट खेल प्रत्यक्ष प्रसारण हुने

काठमाण्डाैँ १२, साउन । नेपालले खेल्न लागेको पहिलो वान डे इन्टरनेसनल (ओडिआई) क्रिकेट खेल प्रत्यक्ष प्रसारण हुने भएको छ।

नेपालले दुई दशक लामो इतिहासमा पहिलो पटक अगष्ट पहिलो साता नेदरल्याण्ड्ससँग ऐतिहासिक ओडिआई खेल खेल्दैछ।

नेदरल्याण्ड्समा अगष्ट १ मा हुने पहिलो ओडिआई खेल लाइभब्रोडकास्ट डट एनएलमा प्रत्यक्ष प्रसारण हुने क्रिकेट नेदरल्याण्ड्सले जनाएको छ।

क्रिकेट नेदरल्याण्ड्सले शुक्रवार ट्वीट गर्दै दुवै खेल उक्त अनलाइनबाट लाइभस्ट्रिमिङ हुने जनाएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org