ताजा समाचार

कर छलिको आरोपमा २बर्ष जेल सजाय तोकिएका रोनाल्डो , यस कारण जोगिए

काठमाण्डाै १२, साउन । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका छन् । रोनाल्डो पक्षका सल्लाहाकार र कर अधिकारीबीच भएको छलफलका कारण रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका हुन् । १.९ करोड यूरो ट्याक्स छली गरेको आरोपमा स्पेनले उनलाई २ वर्ष जेल तोकिएको थियो ।

स्पेनीस कानुनअनुसार २ वर्ष सम्मको जेल सजाय पाएकाले जेलमा बसिरहनु पर्दैन । यसकारण पनि रोनाल्डो जेल जानबाट बचेका हुन् । पहिलो पटक रोनाल्डो गत वर्षको जुलाइमा अदालत समक्ष पेश भएका थिए । २०१४ मा पनि रोनाल्डोमाथि स्पेनले कर तिर्न आनाकानी गरेको आरोप लगाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org