ताजा समाचार

पिकनिक मनाउन हिँडेको बस खस्दा भारतमा ३० कर्मचारीको मृत्यु

काठमाण्डाै १२, साउन ।  भारतको रायगढ जिल्लामा शनिबार एक निजी बस २०० फिट तल खस्दा ३० जनाको मृत्यु भएको छ। ४० जना सवार उक्त निजी बसमा कृषि विद्यपीठका कर्मचारी थिए।

पिकनिक मनाउन दोपालीबाट महाबलेश्वर जाँदै गर्दा घना जंगलमा उक्त बस दुर्घटना भएको दैनिक भास्करले जनाएको छ।

उद्धार कार्य जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org