ताजा समाचार

क्यालिफोर्नियाको जंगलमा आगो: दुई बालबालिकासहित पाँचको मृत्यु, ४० हजार बिस्थापित

काठमाडौं१३,  साउन । अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य १७ जना सम्पर्क बाहिर छन् । आगलागीको चपेटामा परेर दशौं हजार व्यक्ति विस्थापित भएका छन् ।

आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई अग्नि नियन्त्रकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आगलागीबाट कम्तिमा पाँच सय भवनमा क्षति पुगेको र हजारौं घरहरु खरानी हुने खतरा रहेको समाचारमा उल्लेख छ ।

आगो १९४ वर्ग किलोमिटरसम्म फैलिएको छ जुन सान फ्रान्सिस्को क्षेत्रफलभन्दा धेरै हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org