इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० को मृत्यु
जकार्ता १३, साउन । इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् ।
भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको धक्का बाली समेत धेरै टाढाटाढासम्म अनुभव गरिएको थियो ।
अमेरिकी जियालजिकल सर्भेका अनुसार भूकम्पको गहिराई जमिनको सतहबाट ७ किलोमिटर मुनि रहेको थियो । लोम्बोक जिल्लाको पूर्वी भेग सबैभन्दा बढी प्रभावित रहेको थियो जहाँ आठ जनाको मृत्यु भएको इन्डोनेसियाली विपद् पुनरुद्धार संस्थाले जनाएको छ । ठूलै संख्यामा भवनहरुमा क्षति पुगेका कारण मर्नेको संख्या अरु बढ्न सक्ने सो संस्थाले जनाएको छ ।
करिब १० सेकेन्डसम्म गएको उक्त भूकम्पको धक्का प्रान्तीय राजधानी मातारामसम्म अनुभव गरिएको थियो । भूकम्पकै कारण माउन्ट रिन्जानीको आसपास पहिरो गएको छ । स्थानीय अधिकारी नुग्रोहोका अनुसार भूकम्पको धक्का अनुभव गर्नासाथ मानिसहरु घरबाट बाहिर निस्कनुका साथै भागदौड मच्चिएको थियो ।
इन्डोनेसियाको बाली झैं लोम्बोक पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण सामुद्रिक तट र पहाडले सुपरिचित छ ।
इन्डोनेसिया भूकम्पीय खतराको सूचीमा रहेको मुलुक हो । डिसेम्बर २००४ मा सुमात्रा आसपास ९.१ म्याग्नीच्यूडको ठूलो भूकम्प गएको थियो । उक्त भूकम्पबाट सिर्जित सुनामीका कारण करिब एक दर्जन मुलुकका २३,००० जनाको ज्यान गएको थियो ।
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...