ताजा समाचार

संसदमा अग्नि सापकोटाले भने-कोदारी राजमार्ग चाँडै मर्मत हुनुपर्यो

काठमाण्डाै १३, साउन ।    प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । गोरखा भूकम्पका कारण सो राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदै आएकाले मर्मतमा ध्यान दिन र यातायात सञ्चालनमा सहज वातावरण बनाउन उनीहरुले आग्रह गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर सिन्धुपाल्चोकका सांसद अग्निप्रसाद सापकोटाले कोदारी राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको र स्थानीयवासी सबैभन्दा बढी प्रभावित भएकामा गुनासो गरे । उनले कोदारी राजमार्गको मर्मत सम्भारमा ध्यान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेका छन् ।

यस्तै सांसद उमा रेग्मीले भीमदत्त नगरपालिका–३ मा किशोरीलाई बलात्कार गर्ने दोषीलाई कडा कारवाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरे । उनले सुन तस्करीमा संलग्नलाई कारवाही गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org