ताजा समाचार

कांग्रेसको अगाडि निरीह ने क पा, कपोलकल्पित अभिव्यक्ति दिएका गगन थापालाई के गर्छ?सरकार‌‌‌‌‌‌…

काठमाडौं १४, साउन । केहि समय पहिले गलत अभिव्यक्ति दिएको भन्दै कानुन मन्त्रीको एकहोरो खेदो खन्न सुरु भएपछि उनले सार्वजनिक रुपमा माफी मागे तर, यतिले मात्रै उनको मन्त्री पद जोगाइराख्न सकेन । अन्त्तत: उनले पदबाट राजीनामा दिएर निस्कनु पर्यो ।

यस्तै, बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईका विरुद्ध पनि चर्को रुपमा आवाज उठिरहेको छ चाहे त्यो संसदमा होस या सामाजिक संजालदेखि पिपल चाैतारीसम्म !

घटनाले उग्र रुप लिदै प्रसाईँमाथी संसदमा जरुरी महत्वको प्रस्ताव समेत दर्ता भएको छ । विपक्षी कांग्रेसले उनको विरुद्ध प्रस्ताव दर्ता गराईरहँदा भने यस्तै विवादित अभिव्यक्ति दिने कांग्रेसका सांसद गगन थापाका बारेमा भने न संसदमा कुरा उठेको छ न आम मानिसकाबीच ।

ने क पाको बहुमत भएका बेला यसरि एकहोरो खेदाई भोग्दै ने क पा कांग्रेसकासामू निरिह जस्तै देखिएको छ भने, यता सरकारका मन्त्रीहरुले सन्तुष्टिजनक काम नगरेको भन्दै प्रधानमन्त्रीले मन्त्रीहरुको मार्कसिट बनाइरहेको भन्ने खवर आइरहेका छन् । ने क पामा अहिले व्यापक असन्तुष्टि रहेको बताइन्छ ।

विदेशमा पढ्न जाने आम विद्यार्थीको भावनामा ठोस पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा दिएका कानुन मन्त्री तामाङ र कारवाहीकालागि पहल भइराखेका व्यवसायी प्रसाईँमाथी जसरी आवाज उठ्यो र उठ्दै छ त्यो सामान्य नै हो तर, त्यस्तै अभिव्यक्ति दिएका गगन थापा भने आरामले चैनकासाथ बसिरहेका छन् । उनीमाथी पनि केहि कदम चालिनु पर्छ या पर्दैन यो अब खुल्ला बहसको विषय बन्न पुगेको छ ।

यस्तै, बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले  गलत अभिव्यक्ति दिएकाे भन्दै नेपाल स्टुडेन्ट युनियन, बंगलादेशले आपत्ति जनाएको छ ।

उसले प्रसाईमाथि कानूनी कारबाही तथा थापाले माफी माग्नु पर्ने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रसाईले बंगलादेशमा मेडिकल शिक्षा अध्यययनरत महिला तथा थापाले त्यहाँको शिक्षाको गुणस्तरमाथि कपोलकल्पित अभिव्यक्ति दिएकाले  आन्दोलनका कार्यक्रम घोषणा गरिएकाे युनियन अध्यक्ष राजु साहले जानकारी दिए ।

दुवैको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला उसले आगामी दिनमा पनि यस्तै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउन सक्ने भन्दै त्यसलाई रोक्न कडा कानूनी व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।

आन्दोलित विद्यार्थी युनियनले आज ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र बुझाउँदै छ । १७ गते ढाकामा सांकेतिक विरोध कार्यक्रम राखेको युनियनले १८ गते ढाकास्थित दूतावासमा १२ बजेदेखि धर्ना दिने साहले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org