ताजा समाचार

प्रधानन्यायाधीशबारे सुनुवाई भएन, समितिको बैठक स्थगित

काठमाडाैं १४, साउन । प्रस्तावित प्रधान न्यायाधिसको सुनुवाई बुधबार दिउँसो साढे ३ बजेसम्मका लागि सरेको छ ।

संसदिय सुनुवाई समिति सत्तारुढ ने क पाका एक सदस्यका अनुसार नेपाली कांग्रेसका सदस्यहरुले आफ्नो पार्टीमा छलफल गरेर उचित निर्णय गर्न समय माग गरेपछि छलफल आैपचारिकतामा मात्र सिमित हुन पुगेको हो । ने क पा आजै जोशीलाई अनुमोदन नगर्ने तयारीमा रहेको थियो ।

ने क पाका शिर्ष नेताहरुले जोशीलाई प्रधान न्यायाधिस नबनाउने संकेत गरि सकेको अवस्थामा सुनुवाई समितिमा सदस्यहरु त्यहि अनुरुप तयारीमा रहेका थिए भने, कांग्रेसमा अझै अन्याेलता रहेको जनाइएको छ । तर, जोशी नेपाली कांग्रेस निकटका मानिन्छन ।

उनी यसअधि डेमोक्रेटिक लयर्स एसोसिएसनका संस्थापक सचिवपनि हुन्, जुन संस्था नेपाली कांग्रेस आवद्ध वकिलहरुको संगठन हो। यही पृष्ठभूमिका कारण कानून व्यवसायीको तर्फबाट १८ कार्तिक २०४८ मा पुनरावेदन अदालतको न्यायाधीसमा नियुक्त भएका थिए। त्यो बेला नेपाली कांग्रेस सत्तामा थियो।

यसका साथै जोशी आजपनि सर्वोच्च अदालतमा गएका छैनन् भने, उनले अदालतबाट कुनै बिदा नलिएको समेत अदालत प्रशासनका एक कर्मचारीले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org