ताजा समाचार

सेरेनाको लज्जास्पद हार

लस एन्जेलस १६, साउन । तेइस पटक ग्रान्डस्लाम उपाधि जितिसकेकी लन टेनिस खेलाडी सेरेना विलियम्सले डब्लुटिए सान जोसे प्रतियोगिताको पहिलो राउन्डमै नराम्रो हार व्यहोरेकी छन् । उनी जोहाना कोन्टेसँग ६–१, ६–० ले पराजित भएकी हुन् ।

खेल हेर्न ठूलो संख्यामा दर्शकहरु रङ्गशालामा उपस्थित भएका थिए, तर ५२ मिनेटमै खेल सकिएपछि दर्शकहरु निराश भएका थिए ।

यति छोटो समयमा यसअघि सेरेना सिंगापुरमा भएको सन् २०१४ को डब्लुटिए फाइनलमा हारेकी थिइन् । उक्त खेलमा सिमोना हालेपसँग सेरेना ६–०, ६–२ को सोझो सेटमा पराजित भएकी थिइन् । पहिलो राउन्डको अर्को एक खेलमा चीनकी सातौं वरियताकी झाङ शुईलाई बेलारुसकी भेरा लाप्कोले ७–६(२), ६–० सेटमा पराजित गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org