मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै
डुराङ्गो, मेक्सिको १६, साउन । उत्तरी मेक्सिकोमा मूसलधारे वर्षा भइरहेको समयमा उड्न लाग्दा यात्रुबाहक एक विमान धावनमार्ग नजिकैको जमिनमा दुर्घटनाग्रस्त भएको छ । तर, विमानमा सवार सबै ९७ जना यात्रु सामान्य घाइते भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
डुराङ्गोबाट मेक्सिको सिटीका लागि उडान भर्न लागेको एरोमेक्सिको कम्पनीको उक्त विमान स्थानीय समयानुसार मङ्गलबार अपराह्न ३ बजे दुर्घटनाग्रस्त भएको थियो । एयरलाइन्सका महानिर्देशक आदे्रस कोनेसाले पत्रकार सम्मेलन गरी विमानमा चारजना चालक दलका सदस्य, ८८ जना पुरुष, ९ जना केटाकेटी र २ जना शिशु रहेको जानकारी दिए ।
उडान नं एएम२४३१ को यस दुर्घटनामा सबै व्यक्ति जीवितै रहेको डुराङ्गोका गभर्नर जोसे रोसास्ले पुष्टि गरेका छन् । यस दुर्घटनामा एक पाइलटको मेरुदण्डमा समस्या आएको र एक बालिकाको २५ शरीर जलेर गम्भीर घाइते भएको गभर्नर रोसास्ले जानकारी दिए ।
दुर्घटनापछि कूल ९७ जना उपचारको लागि अस्पताल भर्ना भएका र तीमध्ये प्रायः सामान्य रुपमा मात्र घाइते भएका गृह मन्त्रालयका प्रवक्ता एलेक्जान्द्रो कार्डोजाले बताए । कार्डोजाका अनुसार भीषण वर्षाको कारण विमान चालकले आकस्मिक अवतरण गर्न खोजेको र सोही अवस्था विमानमा आगलागी भएको थियो ।
Comments
अरु समाचार
-
राजदूत पौड्यालद्वारा क्यानडाकी गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...